घट्न थाल्यो कोरोना संक्रमित र मृतकको संख्या, ७३१६ थपिए, ६६४८ कोरोनामुक्त, १४५ को मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      २ जेष्ठ २०७८, आईतवार १७:०३ मा प्रकाशित     
घट्न थाल्यो कोरोना संक्रमित र मृतकको संख्या, ७३१६ थपिए, ६६४८ कोरोनामुक्त, १४५ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको र १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ ।

नेपालमा कोरोनाभाइरसका सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ ।

कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •