वरिष्ठ लेखक, गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन


लेखक : लेखापढी      २ जेष्ठ २०७८, आईतवार १३:१० मा प्रकाशित     
वरिष्ठ लेखक, गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन

नेपालका वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधन भएको छ।

उनको वीरेन्द्र शैनिक अस्पताल छाउनीमा बिहान १० बजेर २५ मिनेटमा निधन भएको जानकारी संगीत समीक्षक प्रकाश सायमीले दिएका छन। उनि केही दिनदेखि कोरोनाको संक्रमणबाट पिडित थिए। उनको अवस्था गम्भीर भएपछि उनलाई हिजो दिउँसो १ बजे आईसियु वार्डमा सारिएको थियो।

विश्वास, पहिलोप्रेम, भूमरीलगायतका चलचित्रको निर्देशन गरेका कार्कीले थुप्रै चलचित्र एवं टेलिचलचित्रको स्क्रिप्ट लेखेका छन् । उनको स्क्रिप्ट लेखन यात्रा कथानक चलचित्र ‘परिवर्तन’बाट सुरु भएको थियो ।

कार्कीका ‘आत्मा बेचेको छैन’ ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’ ‘बसिबियाँलो’ ‘माया–प्रीतिको चोखो कथा’ गीत संग्रह पनि प्रकाशित गरिसकेका छन् । यसका अतिरिक्त उनका उपन्यास ‘हनिमून’, लघु उपन्यास ‘ढलेको गिलास’ पनि प्रकाशित छन् । उनले हिन्दी कविता संग्रह ‘कल्पना टुट चुकी है’ पनि प्रकाशन गरेका छन् । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!