सय थान अक्सिजन कन्सट्रेटर अभियानमा सहयोगको अपिल


[ss_social_share]
लेखक : लेखापढी      २ जेष्ठ २०७८, आईतवार २१:१४ मा प्रकाशित     
सय थान अक्सिजन कन्सट्रेटर अभियानमा सहयोगको अपिल

काठमाडौं । जेठ २
रोटरी क्लब अफ धनगढीले प्रति घन्टा १० लिटर अक्सिजन प्रदान गर्ने एक सय थान अक्सिजन कन्सट्रेटर खरिद गरी अस्पतालहरूमा वितरण गर्ने निर्णय गरेको छ । यस उपकरणले विद्युतबाट आफै प्रति घन्टा दस लिटर लिएर कोभिडको बिरामीलाई स्वासप्रस्वासमा मद्दत गर्दछ ।

सुदूर पश्चिममा अक्सिजन प्लान्ट खरिद गर्न र अक्सिजनका खालि सिलिन्डर खरिदका लागि गरेको प्रयास तत्काल सम्भव नभएपछि यो निर्णय गरिएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा प्रति एक थान अक्सिजन कन्सट्रेटरको मूल्य एक लाख तीस हजार नेपाली पर्ने देखिएको छ । रोटरी क्लब अफ धनगढीले सय थान अक्सिजन कन्सट्रेटर खरिद अभियानमा सहयोगका लागि व्यवसायी, सामाजिक अभियन्ता, समाजसेवी, गैरसरकारी संस्था एवम् आम नागरिकलाई सहयोगका लागि अपिल गरेको छ । यस कार्यमा सहयोगका लागि रोटरीका इन्टरनेशनल क्लबहरूले पनि प्रतिबद्धता जनाएका छन् । यसै क्रममा धनगढीका सामाजसेवी देवेन्द्र हमालले यस कार्यका लागि तीन लाख सहयोग प्रदान गरेका छन् ।

क्लबले सहयोगका लागि सम्पर्क व्यक्तिमा रोटरी क्लब अफ धनगढीका अध्यक्ष तोयराज भट्ट, संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपाध्यक्ष डा. प्रतिक्षा सिंह राठौर एवम् निवर्तमान अध्यक्ष हरिशंकर ठाकुरको नाम र मोबाइल नम्बर दिइएको छ । सहयोग रकम खातामा जम्मा गर्नका लागि रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेडमा रहेको खाता नम्बर ०१००५०१२२५२३९ मा रकम जम्मा गरिदिन अनुरोध समेत गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •