नेपाली साहित्य समाज, क्यानडाको लघुकथा परिणाम घोषणा


[ss_social_share]
लेखक : लेखापढी      २ जेष्ठ २०७८, आईतवार २३:२३ मा प्रकाशित     
नेपाली साहित्य समाज, क्यानडाको लघुकथा परिणाम घोषणा

काठमाडौं । वैशाख ३
नेपाली साहित्य समाज, क्यालगरी, क्यानडाको आयोजनामा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिताको परिणाम मे १६ (जेठ २) का दिन नेपाली समय ७.४५ मा भएको अनलाइन कार्यक्रममा घोषणा गरिएको छ ।

यस प्रतियोगिताका लागि २०७७ फागुनसम्म रचना माग गरिएको थियो । प्रतियोगिताका लागि दुई सय जति लघुकथा प्राप्त भएकोमा चितवनका हिरा लामा प्रथम, काठमाडौंकी लता केसी द्वितीय एवम् इलामकी हेमलता उप्रेती तृृतीय भएका छन् । यसरी पुरस्कृत हुने लघुकथाकारलाई प्रथमलाई बीस हजार, द्वितीयलाई पन्ध्र हजार एवम् तृतीयलाई दस हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस पुरस्कारको निर्णायकमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. कपिल लामिछाने एवम् खेमराज पोखरेल रहेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •