रातो मच्छिन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा करिब ३० मिटर तानियो


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार २०:३९ मा प्रकाशित     
रातो मच्छिन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा करिब ३० मिटर तानियो

काठमाडौँ-  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज करिब ३० मिटर तानिएको हो । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगियो ।

कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाइ पुल्चोक रथ बनाएको स्थानबाट उत्तर तर्फ रहेको सोह्रखुट्टेपाटीसम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरियो ।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले करिब १५० जनाले स्वास्थ्य मापदण्ड पालना गर्दै करिब २५ मिटर रथयात्रा गरिएको जानकारी दिए । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!