भेरियन्टहरू


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १४:२४ मा प्रकाशित     
भेरियन्टहरू

सावधान मित्रजन !
खतरा भेरियन्टहरू
यहिँ वरिपरि देखिंदैछ्न् ।

भारतीय भेरियन्ट
ब्रजिलियन भेरियन्ट
बेलायति भेरियन्टहरू।

सत्ता भेरियन्ट
प्रतिपक्षी भेरियन्ट
प्रदेश भेरियन्ट
संघीय भेरियन्ट
विश्वाश भेरियन्ट
अविश्वास भेरियन्ट ।

विघटन भेरियन्ट
पुनर्गठन भेरियन्ट
राजीनामा भेरियन्ट
पुनःनियुक्ति भेरियन्ट
भेरियन्टै भेरियन्ट ।

फ्लोर क्रस भेरियन्ट
पुनःफिर्ति भेरियन्ट
धोखा भेरियन्ट
आइ सि यु भेरियन्ट
भेरियन्टै भेरियन्ट ।।

 लखरलखर भेरियन्ट
अपमान भेरियन्ट
सम्मान भेरियन्ट
 कार्वाही भेरियन्ट
भेरियन्टै भेरियन्ट।।

मेरो यो स्वच्छ देश भेरियन्ट नै भेरियन्ट भो ।


कृष्णदेव रिमाल शब्दसेना


(कृष्णदेव रिमाल शब्दसेना मूलतः कवि हुनुहुन्छ । उहाँ नेपाल विद्युतकर्मी साहित्य समाजका अध्यक्ष हुनुहुन्छ । उहाँका कवितामा समसामयिक व्यङ्ग्यलाई कुशलतापूर्वक प्रयोग गरिएको हुन्छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!