हाम्रो देश नेपाल


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार १०:३४ मा प्रकाशित     
हाम्रो देश नेपाल
फूल,
दुई आत्माको फुल
पहाडको परिवेशमा हुर्किएको फूल
तराईको परिवेशमा हुर्किएको फूल
हुन त हिमाल, पहाडबाट बगेका
उर्वर चीजबाट सजिएको त्यो तराई
सुनका गहना सरी सजिएकी
फरक त हुँदो रहेछ त्यहाँको हावा पानी
ती दुइ फूल लाई सजाउनु जटिल नै रहेछ

त्यो पहाडको चिसो पानी
त्यो तराईको तातो पानी
परिस्थिती फरक फरक
तापनी समयको साथ सँगै दूई फूल
दूई आत्मा सजिदा नौलो अनुभव नौलो अनुभुति
नदी सरी अविरल वगिरहने जीन्दगीका अभिलाषा
आखिर पहाडको पनि नेपाली नै हो
तराईको पनि नेपाली नै हो

हाम्रो देश नेपाल
हाम्रो भेष, सोच नेपाल
हाम्रो जीवनमा मिठास छाएको छ
समाजले हजारौं कुरा बनाउदै
अन्धकारमा झटारो हान्दछन त के भो
समाजबाट वहिस्कृत गराउदछन त के भो
हामी खुसी छौ हाम्रो विचार खुसी छ
अग्रगामी सोच छ
माया ममता नै ठुलो हो
एकदिन अवश्यपनि परिर्वतन हुन्छ
परिर्वतन गराउन सकिन्छ

हामी बीचको सानो कोपीला
फुल्दैछ मुस्कुराउदै छ
हामी सोच्दै छौ
त्यो हामी बीचको फक्रिदै गरेको कोपिलालाई
त्यो चिसो निश्चल पवनमा
ती कलकल बग्ने झरनाहरुमा फुल्दै गरेको फूलसँग
हाम्रो फक्रिदै गरेको फूल सँग नाता गाँस्नु पर्छ
हामी सवै बीच माया र ममता साँच्नु पर्छ
आखिर हामीलाई पनि चहिन्छ नि ति चाँदी , हिरा, मोती
ती प्रकृतिका सुन्दर संसार
अनि तराई ती फाँटहरु
हामी यही अभियानमा हिडेका छौ
यो हाम्रो घरको अभियान हो
भन्छौ हामी हिमाल पहाड तराई
कहिले हुनै छैनौ पराई
देशको शीर उँचो राख्नलाई
कतव्र्य मन निष्ठा बाट जित्ने छौ सवै लडाई
सवै फुल एउटै वगैचामा फुलेका
हिमाल पहाड तराई
सवै बीच माया ममता एउटै कोही छैन पराई

डा. दिलिप कुमार मल्ल 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!