इच्छा (कविता)


[ss_social_share]
लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार ०९:११ मा प्रकाशित     
इच्छा (कविता)

मीठो लाग्छ मलाइ ता अटल भै उद्देश्यमा लम्किन
इच्छा लाग्छ महान भै भुवनमा तारा बनी चम्किन ।
मेरा यी मन ता असीम ममता आत्मा सबैमा दिन
चाहन्छन् खुसले सबै सुजनका उत्साह नौला लिन ।।

धर्तीपुष्प बनेर यै गगनमा मीठो सुवासै छरी
त्यो सौन्दर्य खिपी मुहार  विधुको सादृश्य पार्ने गरी ।
त्यो सङ्गीत भरौं सिँगार्न रूप यो बन्दै यहाँ शैलजा
आफू बाँच्नसके बचाउँछु सबै त्यस्मै छ ठुलो मजा ।।


डा. शैलेन्दुप्रकाश नेपाल


डा. शैलेन्द्रुप्रकाश नेपाल नेपाली साहित्यका बहुविधा, समालोचना एवम् अनुसन्धानका क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । उहाँ कविता काव्य, बालसाहित्यका साथै अनुसन्धानका क्षेत्रमा समेत सिद्धहस्त हुनुहुन्छ । लामो समय प्राध्यापन सेवामा रहनुभएका नेपालले साहित्यिक संगठन एवम् सम्पादनका क्षेत्रमा समेत आफ्नो कुशलता प्रकट गरिसक्नु भएको छ । यहाँ युगको यात्री कविता सङ्ग्रहबाट इच्छा कविताको शार्दुलविक्रीडित छन्दको सानो अंश प्रस्तुत गरिएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •