खुकुरी नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई


[ss_social_share]
लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार २०:४९ मा प्रकाशित     
खुकुरी नेपाल सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई

काठमाडौं । जेठ १
काठमाडौं रेजर्सले नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १—० को गोल अन्तरले पराजित गर्यो ।

काठमाडौं रेजर्सले पहिलो हाफमा लिएको अग्रतालाई धनगढीले पछ्याउन सकेन । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनटमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।

यस जितसँगै काठमाडौंले ३५ लाख रुपियाँ सहित शिल्ड जितेको छ । दोस्रो धनगढीले १५ लाख रुपियाँ प्राप्त गर्यो । यो प्रतियोगिता नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना एवम् अखिल नेपाल फूटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ सहरका ७ टोलीले भाग लिएका थिए ।

राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले–अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले भाग लिएका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •