राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार २१:५२ मा प्रकाशित     
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

काठमाडौं । जेठ १
राष्ट्रिय प्रजातन्त्र पार्टी कोरोना भाइरसको महामारीका कारण महाधिवेशन स्थगित गरेको छ ।

यस भन्दा पहिले जेठको २२ देखि २५ सम्म काठमाडौंमा गर्र्ने भनेर तोकिएको महाधिवेशन नयाँ मिति नतोकिदाँसम्मका लागि स्थगित गरेको छ ।

यस्तै राप्रपाले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा भइरहेको कमिप्रति चिन्ता व्यक्त गरेको छ । आज बसेको राप्रपाको बैठकले अस्पतालमा शय्या बढाउन, अक्सिजन आपूर्ति सहज बनाउन, आईसीयू, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

यससँगै स्वास्थ्य मापदण्ड पालना गरेर कोरोनासँग जुधिरहेका जनताको सेवामा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!