प्रधानमन्त्री ओलीले लिए सपथ


लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार ००:५१ मा प्रकाशित     
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं । जेठ १
नवनियुक्त प्रधानमन्त्री केपी शर्माले शुक्रवार प्रधानमन्त्री पदको सपथ लिएका छन ।
शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधान न्यायाधिश चोलेन्द्र शमशेर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

गठबन्धन सरकारका लागि दिएको समयसीमा सकिएपछि बिहिबार रातमा राष्ट्रपतिले संविधानको धारा ७२ (३) मा सबैभन्दा ठूलो दलका नेताको रुपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओलीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यदि उनले एक महिनामा विश्वासको मत प्राप्त गरेनन् भने नयाँ प्रक्रिया आरम्भ हुनेछ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!