जनता समाजवादी पार्टीको भट्टराई–यादव पक्षले पार्टीको बैठक बोलाएर निर्णय गर्ने


[ss_social_share]
लेखक : लेखापढी      १ जेष्ठ २०७८, शनिबार २१:२४ मा प्रकाशित     
जनता समाजवादी पार्टीको भट्टराई–यादव पक्षले पार्टीको बैठक बोलाएर निर्णय गर्ने

काठमाडौं । जेठ १
जनता समाजवादी पार्टी (जसपा) को भट्टराई–यादव पक्षले छिट्टै पार्टी कमिटीको बैठक बोलाएर पार्टीमा एक विचार निमार्ण गर्ने बताएको छ ।

जसपाको कार्यकारिणी समितिका बहुमत सदस्यको आज बसेको बैठकले छिट्टै कार्यकारिणी समितिको बैठक र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

“पार्टीमा अहिले दुई धार देखिएको र यसले पार्टी अघि नबढने भएकोले पार्टीको एकै लाइन हुुनुपर्छ भन्ने मत बलियो भएको छ । पार्टीमा जसको बहुमत हुन्छ, हामी त्यसलाई मानेर अघि बढछौं ।” कार्यकारिणी सदस्य मोहम्मद इस्तिहाक राइले बताए ।

आजै जसपाका अध्यक्ष महन्थ ठाकुरले आज कुनै बैठक नभएको बताएका थिए । हिजै जसपाको एक समूहले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो ।

जसपाको भट्टराई–यादव पक्ष यो सरकारको विकल्प खोजिरहेको छ भने ठाकुर–महतो पक्ष यही सरकारको निरन्तरताको पक्षमा छ । सत्ता राजनीतिका सम्बन्धमा फरकफरक बाटो अख्तियार गरेका दुवै पक्षबिच संघर्ष हालका दिनमा बढेर गएको छ ।

सत्ता संघर्षमा दुई तिर लागेको जनता समाजवादी पार्टी एकै पार्र्टीका रुपमा रहन्छ या रहँदैन, यो हेर्न केही दिन पर्खनुपर्ने देखिन्छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •