दाङमा दुई साता निषेधाज्ञा थप


दाङमा दुई साता निषेधाज्ञा थप

दाङ । दाङमा थप दुई हप्तासम्म निषेधाज्ञा जारी राखिने भएको छ । कोरोनाको जोखिम कम नभएपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । 

यसअघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।

दाङमा शुक्रबार थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

संक्रमित हुनेहरूमा तुलसीपुरका ७७ जना, घोराहीका १९, लमहीका १४, दंगीशरण र बबईका ५-५ जना, राप्तीका ४ र शान्तीनगरका २ जना रहेका छन् ।