कर्णाली प्रदेशका तीन मन्त्रीकाे शपथ नै नलिई जिम्मेवारी खोसियो


कर्णाली प्रदेशका तीन मन्त्रीकाे शपथ नै नलिई जिम्मेवारी खोसियो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार प्रदेश सभासदस्यमा तिन जना मन्त्रीहरु नियुक्त गरेका थिए ।  प्रदेश सभासदस्यहरू विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मालाई मन्त्रीको सपथ अघि नै जिम्मेवारी खोसिएको छ ।

शर्मालाई आर्थिक मामिला, विष्टलाई आन्तरिक मामिला तथा कानुन तथा योजना मन्त्रालय र नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालयको जिम्मेवारी दिइएको थियो । 

सोही दिन आर्थिक मामिलामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पदबाट राजीनामा गराएर उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूको शपथ बिहीबार ११ बजेका लागि तय भएको थियो । तर, उनीहरूको सपथ हुन सकेन् ।

पाटीको विवादका कारण मुख्यमन्त्री शाहीले मन्त्रालय आफैँले राखेको बताइन्छ । शुक्रबार प्रदेश प्रमुख गोविन्द्र प्रसाद कलौनीले जारी गरेको सूचनामा तीनै मन्त्रालयको जिम्मा मुख्यमन्त्री शाहीले नै लिएको उल्लेख छ ।