टी–ट्वान्टी विश्वकपमा टिमको संख्या २० बनाउने तयारी


टी–ट्वान्टी विश्वकपमा टिमको संख्या २० बनाउने तयारी

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने तयारी भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२४ को विश्वकपमा टिमको संख्या बढाउने तयारी थालेको हो । आईसीसीले टिमको संख्या २० बनाउने तयारी गरेको छ ।

हाल टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । 

क्रिकइन्फोका अनुसार क्रिकेट खेलको विस्तारको लागि आईसीसीले टिम संख्या बढाउने भएको हो । तर, भारतमा आयोजना हुने टी–ट्वान्टी विश्वकप क्रिकेटमा भने १६ टिमको सहभागिता हुनेछ ।