माधव नेपालसहित चार नेताको कारबाही फिर्ता लिने एमालेको निर्णय


लेखक : लेखापढी      ३० बैशाख २०७८, बिहीबार ११:५९ मा प्रकाशित     
माधव नेपालसहित चार नेताको कारबाही फिर्ता लिने एमालेको निर्णय

३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यान दिंदै र सङ्कट अन्त्यका लागि सो कारवाही फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताउनुभयो ।

मालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।