जसपा- महन्थ ठाकुर पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा


लेखक : लेखापढी      ३० बैशाख २०७८, बिहीबार १६:३३ मा प्रकाशित     
जसपा- महन्थ ठाकुर पक्षका सांसदहरु भक्तपुरको रिसोर्टमा

काठमाडौँ — जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरकाे एक रिसाेर्टमा राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक रिसाेर्टमा पुर्‍याएका हुन् ।

भेलामा सहभागी एक सांसदका अनुसार १४ जना सहभागी भएका छन्।

‘अहिलेसम्म १४ जना भेला भएका छौं। अझै ४/५ जना आउँदै हुनुहुन्छ भन्ने सुनेको छु,’ ती सांसदले भने,’हामी बबरमहलमा भेट हुने भनेका थियौं। फेरि यतै खाना खाएर गफ गर्ने भनेर आइएको हो।’

बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेका हुन् । 

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला  आफूनिकट सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् ।