चुनौती (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      २९ बैशाख २०७८, बुधबार १३:४४ मा प्रकाशित     
चुनौती (लघुकथा)

बाबा विदेशबाट घर आएपछि मामु मामल जानुभएको फर्केर आउनुभएन कारण के थियो म अनभिज्ञ थिएँ । मलाई मामाघर जान बन्देज लाइएको थियो, दशैँमा सबै साथीहरू मामाघर जान्थे आफु पाउदिनथेँ, मन खिन्न हुन्थ्यो ।

“आमा किन घर नआउनुभएको ?” जवाफ पाउथेँ बाबा, हजुरआमा र फुपूहरुबाट “त्यस्ता कलङ्कित, चरित्रहिन आइमाईको धेरै सम्झना गर्नुहुँदैन, ज्ञानी हुनुपर्छ ।”

एउटा घरबार बिग्रियो, अब अर्को बिहे नगर्ने भन्ने अठोट छोड्नुभएन उहाँले ।

म उहाँहरूले भनेझैँ ज्ञानी र असल हुँदै गएँ ।

समाज र आफन्तले कर नलाएका होइनन्, बाबालाई । एउटा घरबार बिग्रियो, अब अर्को बिहे नगर्ने भन्ने अठोट छोड्नुभएन उहाँले । समाजसेवातिर लागेर समय व्यतित गर्न थाल्नुभयो ।
सन्तानको नाममा म एक्लो छोरो, माया भनेसम्म पाएको थिएँ । मैले चाहेको कुरा पूरा नगरिदिएको पनि केही थिएन ।
मैले पढाइमा निकै मेहनत गरेँ, नभन्दै मेरो लगनशीलताले सफलता पायो, सोचेजस्तै भयो । सरकारी सेवामा नाम निकाल्न सफल भएँ ।
मेरो आफ्नै कमाइले घर बनाए एउटा सानो चिटिक्क परेको ।

गम्भीर हुँदै बाबालाई भनेँ एकदिन “हजुरले मेरा लागि यति धेरै दुःख गर्नुभयो, मैले हजुरलाई केही दिन पनि सकेको छुइन्, बाबा ?”

सुनेकोथेँ, आमाले अर्को बिहे गर्नुभएको छैन । मेरो मायाँले आँखाबाट विरह बगाइरहनुहुन्छ रे । मन कटक्क हुन्थ्यो ।

अब त म एउटा योग्य नागरिक भैसकेको थिएँ, गम्भीर हुँदै बाबालाई भनेँ एकदिन “हजुरले मेरा लागि यति धेरै दुःख गर्नुभयो, मैले हजुरलाई केही दिन पनि सकेको छुइन्, बाबा ?”

“दिइरहेको छस् त वर्षैपिच्छे गिफ्ट, नकिन धेर, अघिल्लो सालका गिफ्ट राम्रै छन् यी ।” मोबाइल र हातको घडीतिर पुलुक्क हेर्दै भन्नुभयो उहाँले ।

“यी सस्ता गिफ्ट, अलिक बहुमूल्य केही दिउँ भन्ने सोच्दैछु ।”

“के त, सुनको केही दिन खोजेको होलास् , रहर छैन । चाहिँदैन है केही, उपहार सुपहार ।”

“हैन बाबा ! मेरो खुसीको लागि हजुरले मैले दिएको उपहार स्विकार्नैपर्छ ।” नबुझेर होला मौन रहनुभयो उहाँ ।

बाबा सामाजिक कामले दुईदिन अघि बाहिर जानुभएको, आज फर्किने कुरा थियो । मेरो छुट्टीको दिन परेकोले आाफूले जानेसम्म मिठा परिकार बनाएँ, साँझ बाबा घर फर्किनुभयो ।

“बाबा ! आँखा चिम्म गर्नु त हजुरलाई गिफ्ट दिन्छु ।” सदाझैँ ठट्टाको भाका निकालेँ, उहाँले मैले भने अनुसार गर्नुभयो ।

“खै हात ल्याउनुस यता ।” हात पसार्नुभयो, बाबाको हातमा अर्को हात राखिदिएँ, बाबा झसङ्ग हुनुभयो ।

“कुनै आमा सन्तानको लागि कलङ्कित र चरित्रहिन हुँदैनन्, समाजको यो कठोर नियम तोड्न चाहन्छु म ।”

“अब आँखा खोल्नुहोस्, यहि हो बाबा हजुरलाई बहुमुल्य उपहार, यही उपहार दिने अवसरको खोजिमा थिएँ म । कुनै आमा सन्तानको लागि कलङ्कित र चरित्रहिन हुँदैनन्, समाजको यो कठोर नियम तोड्न चाहन्छु म ।”


विष्णु भण्डारी आचार्य


(आचार्य नेपाली लघुकथा लेखनका क्षेत्रमा सक्रिय हुनुहुन्छ । बेलवारी, मोरंग निवासी विष्णुका लघुकथा विभिन्न पत्रपत्रिका एवम् सामाजिक सञ्जालमा प्रकाशित छन् । यस कथामा परिवारबाट अलग पारिएकी आमाप्रति छोराको सम्वेदनालाई कुशलताका साथ प्रस्तुत गरिएको छ ।)

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •