कोभिड-१९मा हामीसंगै छन् ति महान चेलीहरु


लेखक : लेखापढी      २९ बैशाख २०७८, बुधबार १३:२३ मा प्रकाशित     
कोभिड-१९मा हामीसंगै छन् ति महान चेलीहरु

बिश्व अहिले कोभिड-१९ को महामारीबाट गुज्रिरहेको छ। यसबाट बच्न बिश्वका धेरै देशहरुलाई नागरिकहरुलाई घरबाट बाहिर ननिस्कन अपिल गरेका छन्। अत्याबश्यक बाहेक का सेवाहरु बन्द गरी देशमा निषेधाज्ञा तथा लकडाउनको घोषणा गरेका छन्।

हस्पिटलमा डाक्टरहरुको भन्दा पनि नर्सहरुको भुमिका महत्वपुर्ण हुन्छ भन्दा अत्युक्ति नहोला। हस्पिटलमा फ्रण्ट लाईनमा बिरामीको सेवामा खटिने भनेको नर्स नै हो।  महामारीमा त डक्टरहरु बिरामी को छेउसम्म पनि नआई  प्रेस्किप्सन लेख्दिने मात्र गर्ने गरेका छन् अर्थात डक्टरको त मुख पनि देखिन्न भनेर स्वयं विरामीहरुले बताएका छन्।

तर पनि यस रोगबाट दिनदिनै धेरै संक्रमणमा परेका छन् त कैयौं ले ज्यान पनि गुमाएका छन्। लकडाउन तथा निषेधाज्ञा पुर्ण रुपमा पालना गराउन तथा जनतालाई आबश्यक शान्ति सुरक्षाको प्रत्याभुति गराउन राज्यको तर्फबाट फ्रण्ट लाईन मा सुरक्षा अंगहरु खटिएका छन् भने स्वास्थ्य जनचेतना जगाउने काम राज्य मार्फत विभिन्न संचारमाध्यमहरुले गरेका छन्। कोही पनि ब्यक्ति बिरामी भईहाल्यो भने उपचारका लागि जाने ठाउ भनेको हस्पिटल नै हो। हस्पिटलमा डाक्टरहरुको भन्दा पनि नर्सहरुको भुमिका महत्वपुर्ण हुन्छ भन्दा अत्युक्ति नहोला। हस्पिटलमा फ्रण्ट लाईनमा बिरामीको सेवामा खटिने भनेको नर्स नै हो।  महामारीमा त डक्टरहरु बिरामी को छेउसम्म पनि नआई  प्रेस्किप्सन लेख्दिने मात्र गर्ने गरेका छन् अर्थात डक्टरको त मुख पनि देखिन्न भनेर स्वयं विरामीहरुले बताएका छन्। कुन बेला के परिक्षण गर्ने, कुन टाईम मा कुन औषधि कसरी खुवाउने, खानेकुरा के खुवाउने सबै कुरा को राम्रो हेक्का राख्ने यि नर्सहरु सांच्चै महान् छन्। हस्पिटल पुगेपछि देखि नै  बिरामी वा विरामीको आफन्तको एकमात्र साहारा नर्स नै बनेका छन्।

यि पनि कसैका छोरी,बुहारी, आमा, दिदी-बहिनी नै हुन्। नर्स त यिनीहरुको पेशा हो त्यसैले जुनसुकै जटिल परिस्थितिमा पनि आफु जोगिएर बिरामीलाई जीवनदानका लागि डाक्टरको सल्लाह अनुसार सबै काम गर्ने नर्स लाई सम्मान गरौं।

कोभिड बाट नर्सहरु पनि कति संक्रमित भएका छन् तर पनि समाजमा स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै यिनीहरु बिरामी को सेवा गर्न बाट पछि हटेका छैनन्। यिनीहरुलाई माया गर्नुपर्छ तर कतिले नर्सहरुको अपहेलना गरेर घरबाट निकाल्दिने समेत गरेको समाचारहरु आएका छन् यो पक्कै पनि राम्रो होईन। नर्स पहिला नै नामाकरण गरेर आएको नाम हैन। यि पनि कसैका छोरी,बुहारी, आमा, दिदी-बहिनी नै हुन्। नर्स त यिनीहरुको पेशा हो त्यसैले जुनसुकै जटिल परिस्थितिमा पनि आफु जोगिएर बिरामीलाई जीवनदानका लागि डाक्टरको सल्लाह अनुसार सबै काम गर्ने नर्स लाई सम्मान गरौं।

राज्यले पनि बाच्न पुग्ने किसिमले नर्सहरुलाई सेवासुविधा दिलाएर सम्मान गरोस्। अध्यारोमा पनि हातमा लाल्टिन लिएर विरामीको सेवा गर्न तल्लिन “फ्लोरेन्स नाईटिंगेल” जस्तै बन्न यस बिश्व नर्स दिवसले सबै नर्सहरुलाई प्रेरणा मिलोस्। हार्दिक बधाई तथा शुभकामना !!!


तिर्थ सुबेदी 
मन्थली १, रामेछाप
(सुबेदी, समसामयिक बिषयहरुमा कलम चलाउदै आउनु भएको छ, नियमित रुपमा हामीलाई लेख-रचना पठाउनु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछौ । – www.lekhapadhi.com )


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!