निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने


लेखक : लेखापढी      २९ बैशाख २०७८, बुधबार २३:३१ मा प्रकाशित     
निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने

काठमाडौँ-  निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ । कम्तीमा १०० बेड क्षमता भएका सबै अस्पतालहरुले अनिबार्य रुपमा अक्सिजन प्लान्ट जडान गर्नुपर्नेछ । 

कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव देखिएको छ र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरेका छन् ।

धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!