महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ४ करोड रुपैयाँ निकासा


[ss_social_share]
लेखक : लेखापढी      २९ बैशाख २०७८, बुधबार २१:४२ मा प्रकाशित     
महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ४ करोड रुपैयाँ निकासा

काठमाडौं । महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले ४ करोड रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले २०० शैयालाई पुग्ने अक्सिजन प्लान्ट जडानका लागि आज ४ करोड रुपैयाँ थप बजेट बिनियोजन गरेको हो । बजेटका लागि सांसद निरुदेवी पालले पहल गरेकी थिइन् ।

छिमेकी मुलुक भारतसँग खुल्ला सिमाना रहेको कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन सहितका सेवा दिनुपर्ने बिरामीहरु बढिरहेको र अक्सिजन प्लान्ट नभएकाले उपचारमा कठिनाई भइरहेको छ । स्वास्थ्य मन्त्राललाई बजेट विनियोजनबारे जानकारी गराउँदै लिक्युड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट जडान गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा ४ करोड रुपैयाँ थप निकासा गरिएको उल्लेख छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •