नेपाल चिकित्सक संघबाट रेड अलर्ट घोषणा


नेपाल चिकित्सक संघबाट रेड अलर्ट घोषणा

काठमाडौं । वैशाख २९
कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै नेपाल चिकित्सक संघले देशभर रेड अलर्ट घोषणा घोषणा गरेको छ ।

संघले आज विज्ञप्ति जारी गरेर देश संकटमा पुगेको बेला सरकार एवम् राजनीतिक दल वर्तमान संकटप्रति गम्भीर नभएको बताएको छ ।

सत्ताका लागि संघर्ष केही समय थाँती राखेर जनताको ख्वास्थ्यप्रति सम्वेदनशील हुन संघले आग्रह गरेको छ ।

“सामाजिक सञ्जालमा, समाचारमा वर्तमानमा मानिसले भोगेको पीडाको खबरभन्दा पनि अन्य विषयले प्राथमिकता पाउनु अत्यन्त चिन्ताको विषय हो ।” विज्ञप्तिमा अगाडी भनिएको छ, के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको पीडाभन्दा अन्य ठुलो कुरा हुनसक्छ ?देशभरका स्वाथ्यकर्मी जसरी कोरोना विरुद्धको लडाँईमा खटिरहेका छन्, तिनलाई साथ दिन र कोरोना विरुद्धको लडाँईलाई राष्ट्रिय संकल्पका रुपमा विकास गर्न सबैलाई आव्हान गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।