कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिए संगै नयाँ दुई मन्त्रिमा सिफारिस


कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिए संगै नयाँ दुई मन्त्रिमा सिफारिस

काठमाडौँ- कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । 
राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु रहेका छन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् । मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।