चार मुक्तक


[ss_social_share]
लेखक : लेखापढी      २९ बैशाख २०७८, बुधबार १६:५१ मा प्रकाशित     
चार मुक्तक

 १)
थाहा थियो यसले जरुर देशमा थिती गर्दैन।
यो कमान्डर हार स्वीकार सितिमिति गर्दैन।
तिमी जहिले नैतिकताको कुरा नगर न यार,
मेरो देशमा नैतिकता हुनेले राजनीति गर्दैन।

२)
राजनीतिमा के सम्म गर्दा रहेछन बुझियो।
कति तल तल सम्म झर्दा रहेछन बुझियो।
घनघोर जुँगाको लडाइले तहस नहस भो
सोझा इमान्दार-हरू मर्दा रहेछन बुझियो।

३)
देशमा नमरुन्जेल राजनीति गर्न छोड्दैन।
हसुर्न छोड्दैन मुर्दाले गोजि भर्न छोड्दैन।
देशभक्तहरू अमेरिका बसेर गाली गर्छन,
खान पाए त दुस्मनको खुट्टा पर्न छोड्दैन।

४)
मेरो देशको यो बेहाल कहिलेसम्म रहन्छ?
मूर्ख जनता र धुर्त नेता जहिलेसम्म रहन्छ।
सतिले सरापेकै देश रहेछ गति नपाउने भो
नभए यस्तो हालत कहाँ अहिलेसम्म रहन्छ।


धर्मानन्द भट्ट 
महेन्द्रनगर, कंचनपुर 


गजल

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •