आमाको मुख: लघुकथा


[ss_social_share]
लेखक : लेखापढी      २८ बैशाख २०७८, मंगलवार १८:४९ मा प्रकाशित     
आमाको मुख: लघुकथा
एकहुल महिलाहरू उकालो चढिरहेका थिए । सबै, गच्छे अनुसारका गहना कपडामा सजिएका भेटिन्थे । झोला सबैका साथी भएर पीठमा टाँसिएका देखिन्थे । टाढाबाट हेर्दा बच्चाबच्ची बोकेजस्तो देखिएको थियो । त्यहाँ बाहुन मात्र थिएनन् ‌। क्षेत्री, गुरुङ्, मगर, विश्वकर्मा, परियार लगायत बस्तीबासी सबैका छोरीहरू संलग्न थिए । बस्ती प्रवेश गर्ने ढोकैमा चौपारी थियो । त्यहाँ बसिरहेका पण्डितले नचिन्ने कुरै भएन । उनले सोधे_.
“कता हिँडेउ चेलीहरू ?
“माइत हिँडेको पण्डित बाजे ।”
सबै चेलीहरूले एकै आवाजमा जवाफ दिए ।
आज आमाको मुख हेर्ने दिन हो । दाजुभाईहरू आमाको घरमै पर्खिरहेका छन् । हामी पुगेपछि सँगसँगै आमाको मुख हेर्ने छौं ।
“यतिबेला तीज होइन । दसैं पनि आएको छैन । तिहार पनि धेरै पछि छ ‌। बस्ती भरिका छोरीहरूको यति लामो लर्को किन लाग्यो आज  ?”
“पण्डित पनि ! यति पनि थाहा छैन ? आज आमाको मुख हेर्ने दिन हो । दाजुभाईहरू आमाको घरमै पर्खिरहेका छन् । हामी पुगेपछि सँगसँगै आमाको मुख हेर्ने छौं ।”
एउटीले सरल तरिकाले जवाफ दिइन् ।
मरेपछि छोराहरूले नै पिण्ड तर्पण गर्छन् । छोरीहरूको कुनै काम छैन ।”
“मुख हेर्ने ? मुख हेरेर के हुन्छ ? आमाहरूले सकुञ्जेल काम गरेर खान्छन् । असक्त भएपछि छोराहरूले पालन, पोषण र स्याहार सम्भार गर्छन् । मरेपछि छोराहरूले नै पिण्ड तर्पण गर्छन् । छोरीहरूको कुनै काम छैन ।”
पण्डितको कुरा सुनेपछि दिदी बहिनीहरूको रिसको पारो चढ्नु स्वाभाविक थियो । उनीहरू चौतारीका वरिपरि उभिए । पण्डितलाई घेराबन्दी गरे । एउटी अगाडि बढेर आइन् र भनिन ।
जहाँसम्म पिण्ड तर्पणको कुरा हो त्यो पितृहरूले पाए खाएको कसैले पनि देखेको छैन । त्यसको नाममा पण्डितहरूको जागिर चलेको भने देखिएको छ ।”
“आफुलाई जन्म दिएका, स्याहार सम्भार गरेर हुर्काएका र शिक्षाद्वारा विद्वान बनाएका बा आमालाई छोरीहरूले निस्वार्थ रूपले पालनपोषण गर्छौं । जहाँसम्म पिण्ड तर्पणको कुरा हो त्यो पितृहरूले पाए खाएको कसैले पनि देखेको छैन । त्यसको नाममा पण्डितहरूको जागिर चलेको भने देखिएको छ ।”
यो सुनेपछि पण्डित रन्थनिए । रिसले आफ्नै टाउको फुटाल्छन् कि जस्ता देखिए । केहीबेर बोल्नै सकेनन् । धेरै समयपछि ओठ कमाउँदै बोले “पाप ! महाँ पाप !! धर्म छाडाहरूको बोझ कसरी थामेकी छौ धर्ती माता !!!??”
पण्डितको प्रलाप सुनेपछि छोरीहरू न बोल्ने कुरै भएन
“आमाको पूजा गर्ने काम पनि पाप हुन्छ ? तपाईंको धर्मशास्त्र भित्र छ पाप । त्यसभित्र विदेस भक्ति छ । शोषण छ । सामाजिक विभेद छ । लोकतन्त्र विरोधी प्रावधानहरू छन् । अन्धविश्वास छ । अव्यवहारिक कुराको भारी छ । तिनलाई हटाउनुहोस् त !!! हामी त्यही धर्मका अनुयायीहरू हौँ ।”

त्रिलोचन ढकाल


(त्रिलोचन ढकाल नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउनु हुन्छ । पछिल्ला समय उहाँ लघुकथा लेखनमा पनि सक्रिय हुनुभएको छ र उहाँको एक लघुकथा कृृति आनन्दआश्रम पनि प्रकाशित छ । यस लघुकथामा छोरी पात्रको आमाबाबुप्रतिको श्रृृद्धाका साथै पुरातन चिन्तनप्रति आलोचना व्यक्त भएको छ ।)
100% LikesVS
0% Dislikes
Spread the love !
  • 234
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    234
    Shares