हृयाप्पी मदर्स डे !


लेखक : लेखापढी      २८ बैशाख २०७८, मंगलवार ०८:३४ मा प्रकाशित     
हृयाप्पी मदर्स डे !

मातातिर्थ औंसीको दिन
आमाको मूख हेर्ने दिन
बर्षमा एकचोटी भएपनि आमाको सम्झंना
कसले रचे होला यो दिन
यसका रचयिता पनि महान हुन
आमाको मातृत्व पाएका वा गुमाएका
आमाको ममता बुझेका
यिनी पनि आमा हुन यिनी महान छन
हृयाप्पी मद्र्रस डे

त्यो घाम, पानी, क्ठ्याङ्र्गिने जाडोमा पनि
दिन रात दाउँरा घाँस बस्तु भाउ
त्यो थकानमा पनि आटो पिठो ढिडो, खोले र सिस्नो
त्यो अर्ध पेटमा पनि फैलचामा बसेकी, हुक्का तान्दै
दिनभरको थकानमा मुखमा बुँझो लाउन
डालाका डाला, थैलाका थैला
ढिकी र जाँतोमा गोरुले हलो जोते सरी
अर्ध निन्द्रामा पिसिदैं, पिसाउँदै
कचकचे सासुका तिखा बाण सँहदै
कहिले एक्लै हास्दै, कहिले एक्लै रुँदै
हजारौं लाखौं चोटी तिम्रा सन्ततीका लागि
न निद्रा, न भोक, न प्यास मिठा मुस्कान छर्दै
आफ्नो प्यारो सन्ततीको लागि
दसौ धारा दुँध पिलायौं न त म यहाँ छु
आमा तिमी महान छौं
हृयाप्पी मद्र्रस डे

आधुनिकता सजिएकी, बुझेकी तिम्री बुहारी
बिहान सूर्यका किरणले उत्तानो पारुन्जेल
बिस्तारामै चिया पुर्याउने तिमी नै सासु तिमी नै आमा
सुचना प्रविधीको संसारमा अल्झिएका नयाँ सन्तती
आँखाको नानीले कोल्टे नफेरुन्जेल माया मोहमा फसे झैं
दिन रात ट्वालट्वाल्ती हेरी रहेकी छौं
आधुनिकतालाई मन बुझाएकी छौं
आफुले दुःख पाए पनि आफ्ना सन्ततीको भलाईका लागि
छोरी समान बुहारी आखिर न तिमीले सुख पायौ
न तिमीले दुःख दियौं आमा तिमी महान छौं
हृयाप्पी मद्र्रस डे

आमा तिमी महान छौं
युद्धको मरुभुमीमा, शत्रुको लडाँइमा,
ज्यानको बाजी लगाएका तिम्रा श्रीमान
सँजिएको सिँउदोको दाउँपेज लगाउँदै
तिम्रा सन्ततीको माया ममतामा
जीवन साथीको माया गुमाउँदै
तिम्रो अन्तिमा सासमा तिलान्जली दिने
ती छोरा छोरीसन्ततीका भविष्यको लागि
अर्काको जिम्मा लगाउँदै ऐया भन्दा साथ दिन कोही छैन
आमा तिम्रो एक्लोपनलाई आत्मसमर्पण गर्दै
महान मन आमा तिमी महान छौ
एक दिन होइन दिनरात सपनीमा
तिम्रो याद हृयाप्पी मद्र्रस डे


डा. दलिप कुमार मल्ल
काठमाडाैं 


डा. दलिप कुमार मल्ल: बहुप्रतिभाशाली व्यक्तित्त्वका धनी

100% LikesVS
0% Dislikes
Spread Your Love !!!