कुवेतले पनि लगायो नेपालीलाई प्रवेश निषेध


लेखक : लेखापढी      २८ बैशाख २०७८, मंगलवार २१:४७ मा प्रकाशित     
कुवेतले पनि लगायो नेपालीलाई प्रवेश निषेध

काठमाण्डौ – कुवेतले आउँदो बिहीबारदेखि कर्फ्यु हटाउने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि आंशिक रूपमा लगाइएको कर्फ्यु आउँदो बिहीबारदेखि हटाउने निर्णय भएको कुवेतका स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ । इदको पहिलो दिन बिहानको एक बजेदेखि नै कर्फ्यु हट्नेछ । तर कुवेतले आप्रवासीहरुको प्रवेशमा लगाएको प्रतिबन्ध भने कायम नै रहने छ ।

यस्तै कुवेतले नेपालसहित चार देशबीच हुने व्यवसायीक उडानहरूमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कुवेतको मन्त्रीपरिषद्ले नेपाल, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काबीच हुने कार्गो उडान बाहेक सबै व्यवसायीक उडानहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यी चार देशबाट यात्रुहरू सिधै कुवेत जान पाउने छैनन् । अन्य कुनै देशमा १४ दिन अनिवार्य बसेको हुन पर्नेछ ।