बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा


बहराइनका राजकुमारसहितको टोली सगरमाथा शिखरमा

बैशाख २८ गते । बहराईनको रोयल गार्ड सगरमाथा आरोहण अभियानले विश्वको सर्वोच्च शिखरमा सफलता प्राप्त गरेको छ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरको हाे ।

जसमा बहराईनका राजकुमार शेख मोहम्मद हमाद अलिफाले पनि सफल आरोहण गरेका हुन । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार मंगलबार बिहान ६ बजेर ४० मिनेट जाँदा राजकुमार खलिफासहितको टोलीले सगरमाथाको चुचुरामा पाइला टेकेको हो ।

यसपालीको बसन्त ऋतुमा सगरमाथाको शिखरमा पुग्ने यो पहिलो अन्तराष्ट्रिय आरोहण टोली हो ।

गत वर्ष नेपाल र चीनले संयुक्त रुपमा गरेको मापनमा सगरमाथाको उचाइ केही बढेर ८ हजार ८४८.८६ मिटर पुगेको थियो । त्यसअघि सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर थियो ।