गण्डकी प्रदेशमा नेपाली कांग्रेसको सम्भावना कम


[ss_social_share]
लेखक : लेखापढी      २८ बैशाख २०७८, मंगलवार २३:०० मा प्रकाशित     
गण्डकी प्रदेशमा नेपाली कांग्रेसको सम्भावना कम

काठमाडौं । वैशाख २८
गण्डकी प्रदेशमा सरकार बनाउने उद्देश्यका साथ अघि बढेको नेपाली कांग्रेसका लागि राष्ट्रिय जनमोर्चाका एक सांसद बाधक भएका छन् ।

गण्डकी प्रदेशमा सरकार बनाउनका लागि जनमोर्चाको पूर्व समर्थन बिना कुनेै पनि सरकार बन्न नसकेको अवस्थामा जनमोर्चा सांसद कृृष्ण थापाको नेकपा (एमाले) मोहका कारण कांग्रेसले पछि हटनुपर्ने देखिन्छ ।

विगतमा पार्टी अनुशासनमा कडा रहेको जनमोर्चामा पनि लोभीपापी प्रवृत्ति र अनुशासनहीनता बढेको देखिन्छ । यसको प्रभाव गण्डकीको सत्ता राजनीतिमा स्पष्ट देखिन्छ । राष्ट्रिय जनमोर्चाका प्रदेश सांसदका गतिविधिले गण्डकी प्रदेशमा तमाशा भइरहेको छ । कहिले कोही गायब हुने, कहिले कोही पार्टी निर्णयको अवज्ञा गर्ने गरेका कारण जनमोर्चाकै कारण वैकल्पिक सरकारको सम्भावनामा प्रश्नचिन्ह लागेको छ । नेपाली कांग्रेसले आफ्ना नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सारे पनि जनमोर्चाको पूर्ण समर्थन नपाएका कारण हाललाई उनको सम्भावना कम देखिन्छ । वैकल्पिक सरकारका लागि भोलिसम्म दिइएको म्यादसम्म कांग्रेस, माओवादी केन्द्र एवम् जसपाको गठबन्धनले बहुमत जुटाउन नसकेमा पुनः पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार बन्ने र सो सरकारले एक महिनामा बहुमत सिद्ध गर्नुपर्ने देखिन्छ ।

भोलि वैशाख २९ गते साँझसम्ममा गण्डकीमा नयाँ सरकार कसको बन्ने, स्पष्ट हुने देखिन्छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •