कोरोनाका कारण कालीमाटी तरकारी बजार बन्द


[ss_social_share]
लेखक : लेखापढी      २८ बैशाख २०७८, मंगलवार २०:१४ मा प्रकाशित     
कोरोनाका कारण कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । वैशाख २८
कोरोनाको महामारीको असर कालीमाटी तरकारी बजारमा पनि परेको छ । कालीमाटी तरकारी विकास समितिको सूचनाका आधारमा आजदेखि कृषक बजार बन्दको निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय अनुसार बजार बन्दको निर्णय भएको हो । आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको छ।

बजार समितिले थोक बजारमा प्याकेजिङ गरेर मात्र बिक्री वितरण गर्ने जनाएको छ । समितिले एक पसलमा बढीमा दुर्ई जना बसेर सामाजिक दुरीका साथ सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्ने निर्देश गरेको छ । समितिले बजार परिसरमा मोटरसाइकल, साइकल एवम् ठेला ल्याउन बन्देज गरेको छ । त्यसरी नै समितिले ठूला कृषकलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार अक्सन यार्क, होल्डिङ यार्कमा कारोबार गर्न निर्देशन दिएको छ । वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी भएको सन्दर्भमा बिहान ३ बजेदेखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •