युएई (दुबई) ले नेपाली यात्रुलाई प्रतिबन्ध लगायो, बुधबार देखि हवाईयात्रामा प्रतिबन्ध


[ss_social_share]
लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार १६:४५ मा प्रकाशित     
युएई (दुबई) ले नेपाली यात्रुलाई प्रतिबन्ध लगायो, बुधबार देखि हवाईयात्रामा प्रतिबन्ध

दुबई। यूनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।

यूएईको ‘नेशनल इमर्जेन्सी क्राइसेस एण्ड डिजास्टर मेनेजमेन्ट अथोरिटी’ ले सोमबार यसको घोषणा गरेका हो।

 नेपालमा बढ्दै गरेको कोरोना महामारीलाई मध्यनजर गर्दै यूएईले बुधबार राती १२ बजेदेखि लागु हुने गरि अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

नेपालबाट उड्ने जहाजलाई पनि ट्रान्जिटमा प्रतिबन्ध लगाइएको छ। कार्गो फ्लाइट भने सुचारु रहने छन्। 

यूएईले नेपालबाट प्रवेश गर्ने आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छैन साथै कुटनीतिक मिशन, सरकारी पदाधिकारी, गोल्डेन भिसा तथा व्यक्तिगत जहाज भएका व्यक्तिलाई पनि रोक लगाएको छैन।

भारतलाइ यस अघि नै प्रतिबन्ध लगाएको थियो भने  नेपाल सहित पाकिस्तान तथा बंगलादेशलाई बुधबार देखि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •