राष्ट्रपतिबाट प्रधानमन्त्री पदमा दावी पेश गर्न आह्वान


लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार २३:२२ मा प्रकाशित     
राष्ट्रपतिबाट प्रधानमन्त्री पदमा दावी पेश गर्न आह्वान

काठमाडौं । वैशाख २७

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई मिति २०७८ वैशाख ३० गते साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदका लागि आफ्नो दावी पेश गर्न आह्वान  गरेकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम वि.स. २०७४ फाल्गुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम २०७८ वैशाख २७ मा प्रतिनिधि सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव पारित हुन सकेन । आज भएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत, विपक्षमा १२४ मत, तटस्थमा १५ मत परेको थियो भने ३९ जना सांसद अनुपस्थित भए ।

प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेसँगै नयाँ सरकारका लागि मार्ग प्रशस्त भएको छ ।

 

 

 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!