विश्वास मतमाथिको मतदानमा २८ सांसद अनुपस्थित


लेखक : लेखापढी      २७ बैशाख २०७८, सोमबार १९:५७ मा प्रकाशित     
विश्वास मतमाथिको मतदानमा २८ सांसद अनुपस्थित

काठमाडौं । वैशाख २७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मतमाथिको प्रस्तावमा आफ्नै पार्टीका सांसदको साथ पाएनन् ।

आज भएको प्रतिनिधि सभाको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका २८ जना सांसदले मतदान गरेनन् । जसको कारण प्रधानमन्त्री ओलीका पक्षमा जम्मा ९३ मत मात्र आएको छ ।

आज बिहानसम्म दुवै पक्षबिचको भएको वार्तामा कुनै सहमति नभएपछि वरिष्ठ नेता माधव नेपाल पक्षधरले संसदमा उपस्थित नहुने घोषणा गरेका थिए जसको परिणाम संसदमा भएको मत विभाजनमा देखियो ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने सांसदमा योगेश भट्टराई, झलनाथ खनाल, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृृष्णलाल महर्जन, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण बिष्ट, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, भीमबहादुर रावल, दिपकप्रकाश भट्ट, सुरेन्द्र्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खडका, निरुदेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी, मुकुन्द न्यौपाने रहेका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!