संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु


[ss_social_share]
लेखक : लेखापढी      २६ बैशाख २०७८, आईतवार १०:५२ मा प्रकाशित     
संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहभागी भएका छन् ।

परिषद्काे सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकाेटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्याैल थियाे । 

देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा आफूले पनि भाग नलिने र अरु सदस्यलाई पनि भाग नलिन आग्रह गरेका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •