दश झर कबिताहरु…


[ss_social_share]
लेखक : लेखापढी      २६ बैशाख २०७८, आईतवार १२:३१ मा प्रकाशित     
दश झर कबिताहरु…

१ 
कोलाहल भिडहरुबाट टाढै बस्न कर लाग्यो
एकान्तमा बस्न किन किन आज डर लाग्यो ।

२ 
बहन थाल्यो एक मुठी बतास साउती मार्दै
सम्झनाको बाडुली, विस्मृतीका पाना उल्टाउँदै ।


छटपटाई रहेछन मेरा टुहूरा रहर
खोज्दैछु आज सभ्यताको शहर ।

 
एकै नदी दुई धार भइ बग्यो
उसको व्यथा आफ्नै कथा झै लाग्यो ।


मध्य रातको चिसो कहरमा
मौन प्रार्थना छल्कियो नयनमा


बादलुको पछ्यौरीमा लुकेछजून पनि
धिपधिप छ सलेदो खुला आकाशमुनि ।


ओइलायो आज मायाको सुमन
ओझल भयो नमेटिने मुस्कान ।

८ 
कहरले झन मनमा डढेलो लगायो
निर्बल पाखुरा र निर्धालाई रूवायो ।

 
विवेक र चेतनाका शून्य प्रहर
चीर निद्रामा सुतेको चिसो सहर ।

१०
सानो सुन्दर गाउँ मेरो आज शहर भएछ
ताते गरेका मेरा पैतालाका डोब हराएछ ।


मनिष कुमार शर्मा ‘समित’ 
ठिमी, भक्तपुर


(“झर कबिता ” स्वच्छन्द अक्षर संरचनाका दुई पङ्क्तिमा विषयगत विविधतामा लेखिने सूक्ष्म, प्रभावकारी, सूक्तिमय कविताको लघुतम उपविधा हो ।  झर स्वतन्त्र रूपमा प्रस्तुत गरिने अति छोटो विधा हो, जुन सायरी , सेर , हाइकु  जस्ता जस्ता कविताका समकक्षी रचनाका रूपमा  प्रस्तुत गरिन्छ । – लेखापढी डटकम )

100% LikesVS
0% Dislikes
Spread the love !
  • 456
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    456
    Shares