नेपालमा विधिको शासन छ र ?


लेखक : लेखापढी      २६ बैशाख २०७८, आईतवार १२:०५ मा प्रकाशित     
नेपालमा विधिको शासन छ र ?

सर्वप्रथम सम्पुर्ण व्यक्तित्वमा `कानून दिवसको शुभकामना!!´

विधि वा कानूनको शासन लोकतन्त्रको आधार स्तम्भ हो । देशको संविधान, नियम कानूनलाई पालना गर्दै शासन सञ्चालन गर्ने पद्धति हो, विधिको शासन । कानूनभन्दा माथि कोही हुँदैन, कानूनको पालना सबैले गर्नुपर्छ भन्ने अवधारणा पनि हो, विधीको शासन । कानून समय अनुसार चल्ने हुनुपर्छ र लोकतान्त्रिक हुनुपर्छ भन्ने धारणा नै विधिको शासन हो । शासन प्रणालीमा निरंकुश प्रवृत्तिको अन्त्य तथा लोकतान्त्रिक पद्धतिको स्थापनालाई विधिको शासनले जोड दिन्छ ।

दण्डहिनता झन-झन मौलाउदै गयो र जनताले आफ्नो नागरिक हक-अधिकार सुरक्षित भएको अनुभूति गर्न सकेनन् । फलत: लगानि मैत्रि बाताबरण बन्न सकेन, उत्पादक क्षेत्रमा लगानि हुन सकेन, श्रमको उत्पादकत्व बढन सकेन ।

अरु देशहरुको तुलनामा नेपाल अझै अबिकसित रहनुको मूल कारण नेपालमा बिधिको शासन कायम हुन नसक्नुनै हो भन्नेमा हाम्रा बिचारक तथा बिश्लेषकहरु सहमत भएको देखिन्छ । सबै दलका नेताहरु पनि ब्यक्तिको हैन बिधिको शासन हुनु पर्दछ भन्नेमा एक मत जस्तै देखिन्छन । तर जति पटक सरकार फेरिए पनि, नयाँ बिधान लेखिए पनि, नयाँ परिमार्जित नियम कानूनहरु लागु भए पनि, राजनैतिक ब्यबस्थानै फेरिँदा पनि नेपालमा बिधिको शासन भने कायम हुन सकेन । दण्डहिनता झन-झन मौलाउदै गयो र जनताले आफ्नो नागरिक हक-अधिकार सुरक्षित भएको अनुभूति गर्न सकेनन् । फलत: लगानि मैत्रि बाताबरण बन्न सकेन, उत्पादक क्षेत्रमा लगानि हुन सकेन, श्रमको उत्पादकत्व बढन सकेन । तुलनात्मक रुपले हेर्दा गरिब झन गरिब हुदै गए भने मध्यम बर्ग र ‘सत्मार्गबाट’ धनि भएकाहरु समेत गरिब हुदै गए; बिधिको धज्जि उडाउदै लगान असुल्ने लुटाह बर्ग मात्रै मौलाउदै गयो । जिबिकाको बाटो नभेटेर युबाहरु बिदेशतिर लागे । देश बस्तुको सट्टा अदक्ष श्रम निर्यात गर्ने भयो । यत्रो ठुलो राजनैतिक परिबर्तन हुनुको पनि कुनै मतलबनै नभएको जस्तो भयो ।

पटक-पटक आन्दोलन गरि ठुलै राजनैतिक परिबर्तन ल्याउदा पनि बिधिको शासन कायम हुन नसकेर दण्डहिनता मौलाउदै जानुको कारण के होला त ? यसमा दोषि नेता हुन कि परिपाटि हो ? नेपाल र नेपालीलाई समृद्द बनाउन सब भन्दा पहिला यी प्रश्नहरुको उत्तर खोज्नै पर्दछ । यो प्रश्नको उत्तर अहिले म एक्लैले यो पाँच दस मिनेटको समयमा खोजेर भेटाउन सक्ने कुरा पनि होइन, कुनै दिन मिलेछ भने हामी सबै संगै बसेर खोजुम्ला यी विविध प्रश्नका उत्तरहरु ।

विधिको शासन पालनामा चुनौति देखिनुको मुख्य कारण भनेको, एक त नेपाल संक्रमणकालीन अवस्थामा छ र संवैधानिक व्यवस्था र कानूनी प्रणालीहरू समेत स्थीर नहुनु हाे ।

मैले त भने, नेपालमा विधिको शासन संविधानमा मात्र अझै भन्नु पर्दा कागजको पानामा मात्र सिमित भयो तर कार्यान्वयन हुन सकेन । हामी कानूनको विद्यार्थीले कार्यान्वयन भएन भनेर टुलुटुलु हेरेर बस्न मिल्दैन । यो भित्रको चुनौतिहरु पनि औल्याउनु पर्छ र विधीको शासन स्थापना गर्न पहल गर्नु पर्छ । विधिको शासन पालनामा चुनौति देखिनुको मुख्य कारण भनेको, एक त नेपाल संक्रमणकालीन अवस्थामा छ र संवैधानिक व्यवस्था र कानूनी प्रणालीहरू समेत स्थीर नहुनु हाे । र संविधान र कानूनलाई शासकको इच्छा अनुसार परिवर्तन गर्ने, व्याख्या गर्ने प्रवृत्तिले समेत विधिको शासन कार्यन्वयनमा चुनौति थपिरहेको छ । छिटो छरितो हुनु पर्ने न्याय प्रणाली छिटो छरितो हुन सकेको छैन । न्याय सम्पादनमा ढिला सुस्ती छ ।

पहूँचका आधारमा कानूनको प्रयोग हुने अवस्था विद्यमान नै छ । देशको संविधान र कानून नै नमान्ने समूहहरू पनि अझै धेरै छन् ।

आजको न्याय खर्चिलो र हामीले धान्न नसक्ने अवस्थामा पुगिसकेको छ । कानूनको पालनामा समस्या रहेको छ । कानून मिच्ने कार्य राजनैतिक दल र तीनका भातृ संगठनबाट हुने गरेको छ । कानून उलंघन गर्नेलाई दण्ड भागी बनाउन सकिएको छैन । दण्डविहिनताको अवस्था रहेको छ । कानूनको प्रयोग सबैका लागि समान छैन । पहूँचका आधारमा कानूनको प्रयोग हुने अवस्था विद्यमान नै छ । देशको संविधान र कानून नै नमान्ने समूहहरू पनि अझै धेरै छन् ।अनि कसरी हुन्छ, विधीकाे शाषन ??

विधिको सम्मान गर्ने परिपाटी माथिल्लो तहबाट नै विकास भयो र कानूनको समान संरक्षण एवं पालनालाई सबैले स्वीकार गरेमा यी चुनौतिहरूको सामना गर्न सकिने देखिन्छ ।

अन्त्यमा,नेपालमा बिधिको शासनलाई संस्थागत गर्ने, यसको पालना गर्ने गराउने कार्यमा कठीनाई भएको छ । यद्यपी संक्रमणकालीन अवस्थामा केही चुनौति हुनु स्वाभाविक नै हो । विधिको सम्मान गर्ने परिपाटी माथिल्लो तहबाट नै विकास भयो र कानूनको समान संरक्षण एवं पालनालाई सबैले स्वीकार गरेमा यी चुनौतिहरूको सामना गर्न सकिने देखिन्छ । म त भन्छु,नेपालमा बिधीको शासन नै छैन किनभने कागजको खोष्टामा सिमित भएको यो शासन छ भनेर छाती फुलाएर हिड्नुको कुनै औचित्य छैन । विधीको शासन पालना होस् ।

जय देश ! जय कानून धन्यवाद !!


✍️ आयुष बडाल
धुलिखेल,काभ्रे
अध्ययन:काठमाडौ युनिभर्सिटी।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!