गण्डकीका मुख्यमन्त्रीको राजीनामा


[ss_social_share]
लेखक : लेखापढी      २६ बैशाख २०७८, आईतवार २२:४७ मा प्रकाशित     
गण्डकीका मुख्यमन्त्रीको राजीनामा

पोखरा । वैशाख २५
गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा  दिएका छन् । उनले आफू विरुद्ध प्रदेश सभामा पेस भएको अविश्वास प्रस्तावमाथि भोलि हुने छलफलको एक दिन अगावै राजीनामा दिएका छन् ।

आज मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका छन् । आजै प्रदेश प्रमुखले उनको राजीनामा स्विकार गरेकी छिन् । अब गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ । अब कुन पक्षले बहुमत देखाउन सक्छ, उसैको सरकार बन्ने देखिन्छ । सरकार गठनका लागि एकातिर कांग्रेस, माओवादी केन्द्र एवम् जनमोर्चा लगायतका दलको गठबन्धन रहेको छ भने अर्कोतिर नेकपा (एमाले) ले पनि आफ्नो किसिमले पहल गर्ने देखिन्छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •