प्रलेसको आयोजनामा कोरोना विज्ञसँग अन्तरक्रिया


[ss_social_share]
लेखक : लेखापढी      २६ बैशाख २०७८, आईतवार २३:३५ मा प्रकाशित     
प्रलेसको आयोजनामा कोरोना विज्ञसँग अन्तरक्रिया

काठमाडौ । वैशाख २५
प्रगतिशील लेखक संघ, नेपालले आज कोरोनाको नयाँ भेरियन्टका बारेमा कोरोना विज्ञ चिकित्सक डा. रवीन्द्र समीरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रलेस केन्द्रीय समितिको आयोजनामा भएको सो समारोहको अध्यक्षता संस्थाका अध्यक्ष डा. जीवेन्द्रदेव गिरी एवम् सञ्चालन महासचिव समीर सिंहले गरेका थिए ।

कार्यक्रममा बोल्दै कोरोना विज्ञ डा. रवीन्द्र समीरले कोभिड १९ का् पहिलेको रुपभन्दा अहिलेको रुप धेरै खतरनाक भएको बताए । यसले आफ्नो रुप परिवर्तन गरी महामारी फैलाइरहेको, ब्राजील र अफ्रिकामा फैलिएको भेरियन्ट तुलनात्मक रुपमा बढी खतरनाक भएको बताए । डा. समीरले अहिलेको भेरियन्ट पहिलेको भन्दा सात गुणा छिटो फैलिएको र १ प्रतिशतको हाराहारीमा मृत्युदर रहेको बताएका छन् । यस भेरियन्टले संक्रमण भएको ६ देखि १० दिनसम्ममा कोभिड निमोनिया हुने बताएका छन् । उनले ९० भन्दा कम अक्सिजन लेभल भएकाले अस्पताल जानुपर्ने भएको बताए ।

अहिलेको कोरोनाको विकल्प खोप मात्र भएको, दुई खोप लगाउने ९० प्रतिशत सुरक्षित रहेको, एक मात्र खोप लगाएकामा पनि ६२ प्रतिशत सुरक्षित रहेकोले खोप लगाउनु अनिवार्य रहेको बताए । उनले सङ्क्रमणमा परेका मानिसको मृत्यु भएर, रुप परिवर्तन भएर, सङ्क्रमणको क्षमता कमजोर भएर, खोप लगाएर र मानिसले सुरक्षा सर्तकता अपनाएर यो महामारी समाप्त हुन्छ । मानिसले खोप लगाउनु पर्ने र सतर्क भएर सामाजिक व्यवहार गर्नुपर्ने बताएका छन् । उनले मानिसले मानसिक रुपमा स्वस्थ भएमा कोरोना विरुद्धको लडाइँमा विजय हासिल गर्ने बताए ।

यो महामारी प्राकृतिक भएको र मानिसले प्रकृति र जीवजन्तुको दोहन गरेकोले यस किसिमको महामारी आउने कुरामा डा. समीरले जोड दिए । उनले मानिसले यस महामारीका बेला धुम्रपान र मध्यपानबाट टाढा रहनु पर्ने बताए । विश्वमा महामारीहरू सरदर तीन वर्षसम्म चल्ने गरेका छन् । उनले कोरोना पनि न्युनतम तीन वर्षसम्म रुप बदलेर सङ्क्रमण फैलाउन सक्ने बताए ।

प्रविधिका माध्यमबाट सञ्चालित यस कार्यक्रममा कृष्ण केसी, खिमराज चालिसे, बिनु खुसी, केशव आचार्य, मनोज जिसी, दलबहादुर गुरुङ र केशव थापाले डा. समीरसँग जिज्ञासा राखेका थिए ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •