सरकारले कोरोना नियन्त्रणका लागि सबै साधनस्रोत परिचालन गर्ने


सरकारले कोरोना नियन्त्रणका लागि सबै साधनस्रोत परिचालन गर्ने

काठमाडौं । वैशाख २५
नेपाल सरकारले कोरोना नियन्त्रणका लागि राज्यका सबै साधनश्रोत परिचालन गर्ने निर्णय गरेको छ । शनिवार बसेको बैठकले कोभिड विशेष अस्पताल बनाउने कार्यविधि पास गरेको छ । सरकारका यो निर्णयले वीर अस्पतालको नयाँ भवन ५ सय शैयाको कोरोना विशेष अस्पतालमा परिवर्तन हुने छ । यस्तै सरकारले कोभिडविरुद्ध सबै मन्त्रालय मिलेर काम गर्ने निर्णय गरेको छ ।

सरकारले जेठ १५ मा बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ । अगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको अवस्थामा बजेट ल्याउनका लागि यस किसिमको सिफारिस गरिएको हो ।