संवैधानिक परिषदको बैठकमा नजान प्रचण्डको आग्रह


लेखक : लेखापढी      २५ बैशाख २०७८, शनिबार २०:१४ मा प्रकाशित     
संवैधानिक परिषदको बैठकमा नजान प्रचण्डको आग्रह

काठमाडौं । वैशाख २५
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको आडमा निरंकुशता लादन खोजेको बताएका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले अध्यादेशको दुरुपयोग भइरहेको बताए । संविधानको मर्म र भावना विपरित संवैधानिक आयोगहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसाय सहित सरकारले अध्यादेशको दुरुपयोग गरिरहेको बताए । उनले लोकतान्त्रिक अभ्यासलाई छलेर सरकारले संवैधानिक परिषदको बैठक मार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको बताए ।

संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षका नेताा एवम् सभामुखले समेत भाग नलिने भनिसकेको अवस्थामा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका छन । उनले संवैधानिक संरचनाको गरिमा समाप्त गर्ने मनसायले बोलाइएको त्यस्ता बैठकमा सहभागी नहुन सबै संवैधानिक परिषदका सदस्यहरूलाई आग्रह गरेका छन् ।

 

 

 

 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!