नेपालबाट संवैधानिक परिषदको बैठक बोलाइएकोमा विरोध


[ss_social_share]
लेखक : लेखापढी      २५ बैशाख २०७८, शनिबार १९:०१ मा प्रकाशित     
नेपालबाट संवैधानिक परिषदको बैठक बोलाइएकोमा विरोध

काठमाडौं । वैशाख २५
नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले संवैधानिक परिषदको बैठक बोलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यको विरोध गरेका छन् । उनले कोभिड १९ भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन लाग्नुको सट्टा बलमिच्चाई गरेर अध्यादेश मार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवार एवम् अलोकतान्त्रिक भएको बताएका छन ।

मुलुकमा उत्पनन विषम परिस्थितिमा सरकार जनताप्रतिको दायित्वबाट विमुख हुन नमिल्ने भएकोले गलत किसिमले गरिने यस प्रकारका नियुक्तिका प्रयास तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा लाग्न आव्हान समेत गरेका छन् । यो कुरा उनले आफ्नो फेसबुक मार्फत आज सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन् । यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त सहित लोकसेवा आयोग र अन्य समावेशी आयोगमा नियुक्ति सिफारिशका लागि बैठक बोलाइएको हो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •