साहित्यपोष्टको प्रथम वार्षिकोत्सव आज


लेखक : लेखापढी      २५ बैशाख २०७८, शनिबार १६:५९ मा प्रकाशित     
साहित्यपोष्टको प्रथम वार्षिकोत्सव आज

काठमाडौं । वैशाख २५
साहित्यपोष्ट डटकमले आज आफ्नो स्थापनाको एक वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ । नेपाली वाङ्मयलाई प्रविधिका माध्यमबाट संसारभर फैलाउने कार्यमा यस डटकमले महत्वपूर्ण योगदान दिएको छ ।

साहित्यपोष्टले आफ्नो एक वर्षको अवधिमा उपन्यास, कथा, कविता, लघुकथा, नाटक, विचार, चिन्तन, निबन्ध, समीक्षा, संस्मरण, अध्यात्म, नियात्रा, कार्यपत्र, धारावाहिक, समालोचना, व्यक्तित्व, हास्यव्यङ्ग, गीत, गजल, कविता, मुक्तक, हाइकु, छन्द कविता, सिनेकला, नाट्यकला, मूर्तिकला, काष्ठकला, जीवनकला, विश्व साहित्य, लेखन कला, भाषा प्रशिक्षण, डकुमेन्ट्री, दृश्य, सूचना, प्रवास, स्वरका साथै साहित्यिक समाचार समेत प्रस्तुत गर्दै आएको छ । साहित्यपोष्टमा विभिन्न लेखक, समीक्षका नियमित स्तम्भ प्रकाशित हुँदै आएका छन् । साहित्यपोष्टले मुक्तक, लघुकथा एवम् गजलको प्रतियोगिता समेत सञ्चालन गर्दै आएको छ ।

आज साहित्यपोष्टको प्रथम वार्षिकोत्सवका अवसरका यसका प्रधान सम्पादक अश्विनी कोइरालाले विशेष सम्पादकीयमा साहित्यपोष्टले भाषा, साहित्य र कलाका अथक साधकहरूलार्ई जोडने, उहाँहरूको कामको मूल्याङ्कन गर्ने, एक अर्र्कालाई हौसला दिने र सामूहिक रुपमा अघि बढ्ने संस्कारको विकासको प्रयत्न गरिरहेको प्रयत्न गरिरहेको बताए । युगले कोल्टे फेरेको यो अवस्थामा अब साहित्यपोष्ट मार्फत कलाका सबै सामग्री एकै ठाउँमा पढ्न, सुन्ने र हेर्ने वातावरण बनाउने काम आफ्नो टिम लागेको बताएका छन् ।

लेखापढी अनलाइन परिवारका तर्फबाट साहित्यपोष्ट डटकमलाई प्रथम वार्षिकोत्सवका अवसरमा हार्दिक बधाई एवम् शुभकामना छ । नेपाली वाङ्मयको विकासमा अझ राम्रा कार्य हुन सकुन्, यही कामना समेत गर्दछौं ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!