राष्ट्रियसभा उपनिर्वाचन : राष्ट्रियसभा सदस्यमा थापा, देवकोटा र तामाङको उम्मेदवारी


लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार १७:४८ मा प्रकाशित     
राष्ट्रियसभा उपनिर्वाचन : राष्ट्रियसभा सदस्यमा थापा, देवकोटा र तामाङको उम्मेदवारी

आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौँडामा आज शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले उम्मेदवारीपत्र मनोनयन दर्ता गराएका हुन ।

शुक्रबार सबैभन्दा पहिले विपक्षी गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट समुह माधव नेपाल समुह ) का तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका हुन् ।

 डा. देवकोटाले उम्मेदवारी दर्ता गरेको केहीबेरमै सत्तारुढ नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गरे ।

तेस्रो नम्बरमा नेमकिपाले उम्मेदवारी दर्ता गरेको छ । नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् ।

बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि ३४८ जना मतदाता रहेका छन् । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बागमती प्रदेशको प्रदेश सभा सदस्य ११० जना र ११९ स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित २३८ जना गरी ३४८ मतादाता रहने जानकारी दिनुभयो । मनोनयन दर्ताको समय दिउँसो ४ बजेसम्मका लागि तोकिएको थियाे ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!