प्रधानमन्त्रीले डाके संवैधानिक परिषद्काे बैठक


लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार १९:१८ मा प्रकाशित     
प्रधानमन्त्रीले डाके संवैधानिक परिषद्काे बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक आइतबार बिहान ९ बजेका लागि बालुवाटरमा बोलाइएको स्रोतले जानकारी दियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बहुमतले निर्णय गर्न सक्ने उल्लेख छ ।

बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने बताइएको छ ।