९ हजार १९६ जनामा संक्रमण पुष्टि, दुई हजार ९०५ कोरोनामुक्त, ५० को मृत्यु


[ss_social_share]
लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार १७:३८ मा प्रकाशित     
९ हजार १९६ जनामा संक्रमण पुष्टि, दुई हजार ९०५ कोरोनामुक्त, ५० को मृत्यु

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ९०५ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने दुई लाख ९५ हजार ३९५ पुगेको छ । कोरोनाबाट निको हुने दर ७८.२ प्रतिशतमा झरेको छ ।

मन्त्रालयका अनुसार हाल ७८ हजार ६२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । त्यसैगरी, हाल ३८० जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म तीन हजार ५७९ जनाको मृत्यु भइसकेको छ ।

काठमाडौँमा ३ हजार बढी संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । 

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •