सर्वोच्च अदालतबाट उज्यालोका कार्यकारी सम्पादक र महाप्रबन्धकलाई थुनामुक्त गर्न आदेश


[ss_social_share]
लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार २३:४८ मा प्रकाशित     
सर्वोच्च अदालतबाट उज्यालोका कार्यकारी सम्पादक र महाप्रबन्धकलाई थुनामुक्त गर्न आदेश

काठमाडौं । वैशाख २४
सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले तारेखमा राखेर पनि अनुसन्धान गर्न सकिने अवस्थामा प्रहरीले गरेको पक्राउ अनुचित भएको बताएको छ । अदालतले यो पक्राउ अनुचित भएकोले थुनामुक्त गर्न आदेश दिएको छ ।

ललितपुर पत्रकार महासंघले हालेको बन्दी प्रत्यक्षीकरण रिटका आधारमा यो फैसला आएको हो । प्रहरीले यही वैशाख १२ गते उज्यालोका कार्यकारी सम्पादक तामाङ र महाप्रबन्धक लामालाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो ।

उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो । समाचार पुष्टि नभएपछि अनलाइनले क्षमा मागेको थियो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •