नेकपा (एमाले) को पार्टी एकता जोगाउन छलफलको क्रम जारी


लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार २०:३६ मा प्रकाशित     
नेकपा (एमाले) को पार्टी एकता जोगाउन छलफलको क्रम जारी

काठमाडौं । वैशाख २४
नेकपा (एमाले) को एकता जोगाउने अन्तिम प्रयासमा दोस्रो तहका नेताहरूका बिचमा बालुवाटारमा छलफल चलिरहेको छ । विगतमा कडा रुपमा प्रस्तुत हुने गरेका प्रधानमन्त्री ओलीको प्रस्तावमा नै दुवै पक्षका नेताहरूका बिचमा बुँदागत छलफल भइरहेको छ ।

आजको छलपलमा माधव नेपाल पक्षका नेता घनश्याम भूसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी रहेका छन् भने प्रधानमन्त्री ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्बाङ लगायतका नेता सहभागी छन् ।

केही दिन यता भएका छलफलको निरन्तरताका रुपमा यी छलफल रहेका छन् । माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काए मात्र नयाँ किसिमले एकता हुने बताएका छन् ।

यसै क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल राष्ट्रपति भवन शीतल निवासमा छलफलका लागि पुगेका छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!