साहित्यकार इन्द्र मालीको निधन


लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार ०१:०५ मा प्रकाशित     
साहित्यकार इन्द्र मालीको निधन

काठमाडौं । वैशाख २४
नेपाल भाषा साहित्यका सुप्रसिद्ध साहित्यकार इन्द्र मालीको यही वैशाख २३ गते बिहान निधन भएको छ । उहाँ ७८ वर्षको हुनुहुन्थ्यो ।

उहाँ मुटुको रोगी हुनुहुन्थ्यो । जीउमा अक्सिजन लेभल घटेपछि उहाँलाई बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगिएकोमा अस्पतालमै उहाँको निधन हुन पुग्यो ।

स्व. श्री मालीको झीगु भांपः, झीगु खँग्वः मौलिक कृति लगायत शशीका केही गीतु, भावना आदि सम्पादित अनुवादित कृतिहरू प्रकाशित छन् । केही समय यता उहाँ नेवाः हाइकुू नामको पत्रिकाको सम्पादन गरिहनु भएको थियो ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!