नेकपा (एमाले) का दुवै पक्षका नेताको भेटघाट


लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार ००:२८ मा प्रकाशित     
नेकपा (एमाले) का दुवै पक्षका नेताको भेटघाट

काठमाडौं । वैशाख २४
नेकपा (एमाले) का दुवै पक्षका नेताबिच बिहिबार म्यारिट होटलमा पार्टी विवाद समाधानका लागि छलफल भएको छ ।

नक्सालमा रहेको होटल म्यारिटमा अर्थमन्त्री एमाले नेता विष्णु पौडेल एवम् माधव नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेय र गोकर्ण बिष्टसँग छलफल भएको छ ।

छलफलमा माधव पक्षीय नेताले प्रधानमन्त्री ओलीले फागुन २८ को निर्णयबाट पछि हटनुपर्ने अडान राखेका थिए यद्यपी आज कुनै पनि किसिमको सहमति भने हुन सकेन । बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल पक्षका नेता योगेश भट्टराई र गणेश पहाडीसँग छलफल गरेका थिए । माधव नेपाल पक्षको भावी दिशा र कार्यक्रम बुझने तर आफू पूर्ववत अडानमा रहने ओली पक्षका कारण यी छलफल भेटघाटमै सिमित हुन पुगेका छन् ।

बदलिँदो राजनतिक घटनाक्रममा आफू कमजोर साबित हुने देखेपछि प्रधानमन्त्री ओली पक्ष राजनीतिक भेटघाटमा लागेका छन् । आफ्नो तर्फबाट टसमत नहुने तर अरुले आफूले भने अनुसार चल्नुपर्ने ओली प्रवृत्तिका कारण यस किसिमका वार्ता एवम् भेटघाटले सार्थक दिशा समात्न सकेको छैन । विगतमा रहेको तिक्तता मेटाउन र छलफललाई अघि बढाउन भने यस किसिमका छलफलले मार्ग प्रशस्त गर्ने देखिन्छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!