कामीरिताले बनाए सगरमाथा आरोहणको नयाँ रेकर्ड


लेखक : लेखापढी      २४ बैशाख २०७८, शुक्रबार २१:३२ मा प्रकाशित     
कामीरिताले बनाए सगरमाथा आरोहणको नयाँ रेकर्ड

काठमाडौं । वैशाख २४
पर्वताराही कामीरिता शेर्पाले सगरमाथा आरोहणको आफ्नै रेकर्ड ब्रेक गरेका छन् । उनले आज पच्चिसौ पटक सगरमाथाको सफल आरोहण सम्पन्न गरेका छन् ।

आज बेलुका ६ बजे उनी लगायत १२ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेको कुरा पर्यटन विभागले जनाएको छ ।

यो आरोहण यो सिजनको पहिलो आरोहण हो र यस सिजनमा भन्डै ४०० जनाले सगरमाथा आरोहण गर्ने जनाइएको छ । उनले आज आफ्ना ११ जना साथीहरू सँगै सफल आरोहण गरेका छन् । आज सगरमाथाको सफल आरोहण गर्ने व्यक्तिमा तेन्जिङ शेर्पा, मिङ्मा तेन्जी शेर्पा, मिङ्मा दोर्ची शेर्पा, फुर्तेन्जी शेपार्न, लाक्पा नोर्बु शेर्पा, ग्मिा टासी शेर्पा, फुरा छिरिङ शेर्पा, फुर्बा छोटार शेर्पा, छेतेन दोजी शेर्पा, तेन्जिङ ग्याल्जिन शेर्पा र फुर्वा कुसाङ शेर्पा छन् ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!